किसानको समस्या मन्त्रिपरिष्द बैठकमा उठाउछु : प्रधानमन्त्री कोइराला
Admin / 2014-09-07 04:55:46
नेपाल ब्युरो– भदौ २२, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइरालाले किसानहरुको विषयमा मन्त्रिपरिषदको बैठकमा उठाउने बताउनुभएको छ ।
उहाँले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल क्रान्तिकारी किसान संघको ज्ञापन पत्र बुझ्दै किसानहरुको समस्या मन्त्रिपरिषद्को बैठकमा नै उठाउने बताउनु भएको हो ।
संघका अध्यक्ष डिल्ली प्रसाद काफ्लेको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उन्नत जातको बीउ भनेर प्रयोग गर्दा धानमा दाना नलागेर भक्तपुरका ६ हजार किसानले दुःख पाएको उल्लेख गर्दै पीडित किसानहरुलाई राहत र क्षतिपूर्ति सहित दाना नलाग्ने धानको विऊ बेच्ने ब्यापारीमाथि कारबाहीको माग राखेको थियो ।
प्रधानमन्त्री कोइरालाले सो विषयमा पहिल्यै पनि निर्देशन दिंदा पनि टुंगोमा नपुगेकोले आफैले क्याविनेटमा उठाउने कुरा गुर्न भएको हो ।
प्रकाशित मिति: 2014-09-07 04:55:46
प्रतिक्रिया: