आज २१ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै
Admin / 2014-05-17 01:33:29
नेपाल ब्युरो – जेठ ३, काठमाण्डौं । आज जननेता मदन भण्डारी तथा जीवराज आश्रितको २१ औ स्मृति दिवस ।
नेपाली कम्युनिष्ट आन्दोलनका एक अग्रणी योद्धा भण्डारी तथा आश्रितको सम्झनामा एमालेले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ ।
मदन भण्डारीको जन्म विसं २००९ आसर १ गते ताप्लेजुङ जिल्लाको ढुङगेसाँघु गाविसको ठेट्ने गाउँमा भएको थियो । विस २०५० जेठ ३ गतेका दिन चितवनको दासढुङगामा रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको ज्यान गएको थियो ।
उहाँहरु सवार गाडि दासढुङ्गाबाट नारायणीमा रहस्यमय ढङगबाट दुर्घटना हुँदा जीवराजको मृत शरीर गाडीमा नै भेटिएको थियो भने मदन भण्डारीको शव तीन दिनपछि नदी किनारमा भेटिएको थियो ।
अस्वाभाविक र रहस्यमयी त्यो दुर्घटना नियोजित थियो वा सामान्य भन्ने कानुनी र तार्किक निष्कर्ष जनताले अझै सुन्न पाएका छैनन् ।
तर एमालेले भने त्यो दुर्घटना नभएर हत्या भएको दाबी गर्ने गरेको छ । भण्डारीले अगाडि सारेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्त बताउनुभएको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रगतिशील आर्थिक सामाजिक सारसहितको लोकतान्त्रिक प्रतिस्पर्धाको सिद्धान्तमा डोहो¥याउने आधिकारिक दस्तावेज भण्डारीले नै दिनुभएको थियो ।
प्रकाशित मिति: 2014-05-17 01:33:29
प्रतिक्रिया: