निजामति सेवा दिवस आज मनाइदै
Admin / 2014-09-07 03:05:00
नेपाल ब्युरो– भदौ २२, काठमाडौ ।
हरेक बर्ष भदौ २२ गते मनाइने निजामति सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
सरकारले आज दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन आएको सम्झनामा २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
सरकारले दिवसको अवसरमा आज निजामति सेवा पुरस्कार र सम्मान वितरण गर्दैछ । १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार दिने र ३७ जना पुर्व कर्मचारीलाई सम्मान गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-09-07 03:05:00
प्रतिक्रिया: