युरोप, अमेरिका लगायतका मुलुकमा रोजगारीको अवसर
Admin / 2014-09-06 09:16:32
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
नेपालीहरु वैदेशिक रोजगारीका लागि अब युरोप, अमेरिका लगायतका मुलुकमा सरकारले रोजगारीका लागि कामदार पठाउन तयारी सुरु गरेको छ ।
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार गरिसकेको छ । विकसित मुलुकमा नेपाली कामदार पठाउन प्रक्रिया सुरु भइसकेको र यससम्बन्धी कार्ययोजनालाई बोर्डले अन्तिम रुप दिने तयारी गरिरहेकोे बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो ।
निकट भविष्यमा नेपालीहरुको गन्तव्य खाडी, मलेसिया लगायतका मुलुकबाट स्थानान्तरण भई नयाँ विकसित मुलुकहरु गन्तव्य हुने बताउनुभयो । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी बिहीबारको बोर्ड बैठकले ‘उच्चस्तरीय वैदेशिक रोजगार प्रवद्र्धन समिति’ बनाउने सैद्धान्तिक सहमति गर्दै समितिलाई अन्तिम रुप दिने तयारी गरेको छ ।
प्रकाशित मिति: 2014-09-06 09:16:32
प्रतिक्रिया: