ईन्द्रजात्रा विधिवत रूपमा आजबाट सुरु
Admin / 2014-09-06 03:56:32
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
ईन्द्रजात्रा पर्व विधिवत रूपमा आजबाट सुरु भएको छ ।
परम्परा रुपमा विशेष महत्व बोकेका उपत्यकाको ठूलो चाड इन्द्रजात्रा आजबाट सुरु भएको हो ।
विहान काठमाण्डौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइ ईन्द्रजात्रा सुरु भएको हो । आजैदेखि ईन्द्रजात्राको आकर्षणका रूपमा रहेको पुलुुकिसि र लाखेनाच पनि सुरु हुन्छ ।
एक हप्तासम्म चल्ने ईन्द्रजात्राका क्रममा २३ गते हनुमानढोकाभन्दा तल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरि क्वस्नेयास् मनाइन्छ । त्यस्तै २४ गते थस्नेयास्का दिन हनुमानढोकाभन्दा माथिल्लो क्षेत्रमा थस्नेयास् मनाइन्छ ।
२७ गते नानिचायास्का दिन काठमाण्डौंको मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरि ईन्द्रजात्रा सकिन्छ । भदौ २८ गते बिहान दुई बजेर पाँच मिनेटको साइतमा लिंगो ढाल्ने कार्यक्रम छ ।
प्रकाशित मिति: 2014-09-06 03:56:32
प्रतिक्रिया: