संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु असफल
Admin / 2014-09-06 03:45:22
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
कार्यतालिका अनुसार संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु फेरी असफल भएका छन् ।
पूर्वनिर्धारित कार्यतालिकाभित्र संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि प्रमुख तीन दलबीच सहमति र असहमतिका बिषयहरु उल्लेख गरेर संविधानसभालाई प्रतिवेदन बुझाउन सहमती भएको छ ।
तीन दलको आज विहान बसेको बैठकमा सहमति र असहमतिका बिषयहरु स्पष्ट किटान गरी संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिले संविधानसभामा बुझाउने समझदारी भएको हो । समितिले बुझाउने प्रतिवेदनमा सहमति हुन नसकेका बिषयमा दलहरुबीच थप छलफल आवश्यक रहेको भनि उल्लेख गर्ने सहमति भएको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो ।
बैठकमा एकीकृत माओवादीले विवादीत बिषयमा सहमति जुटाउन थप एक महिनाको समय दिन संविधानसभालाई आग्रह गर्ने प्रस्ताव गरेपनि कंग्रेस र एमालेले अस्विकार गरेका छन् ।
कंग्रेस एमालेले समय माग गर्ने बिषयमा सहमति जनाएपनि समय किटेरै माग गर्न नहुने अडान लिएका थिए । सहमति प्रयासका लागि समय दिनेरनदिने वा दिएको खण्डमा कति समय छुट्याउने भन्ने निर्णय गर्ने जिम्मा संविधानसभालाई नै छाडिदिने दलहरुबीच समझदारी भएको ।
संविधानसभालाई बुझाउने प्रतिवेदन तयार गर्न संवाद समितिको बैठक आज अपरान्ह बस्दैछ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार, आगामी माघ ८ गते सार्वजनिक गरिने संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाउने आज अन्तिम दिन हो । तर राज्य पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका महत्वपुर्ण बिषयमा सहमति जुटाउन दलहरु असफल भएपछि संविधानसभालाई त्यसको जानकारी गराइन लागेको हो ।
प्रकाशित मिति: 2014-09-06 03:45:22
प्रतिक्रिया: