टोक्यो,जापान ।
आगामी सेम्टेम्बरमा हुन गैरहेको नेपाल फेष्टिबलकको
तयारी तिब्र गतिमा भैरहेको आयोजक सस्था एन
आर एन जापानले जनाएको छ । पोस्टर,पम्प्लेट
र होमपेजको काम अन्तिम चरणमा पुगेको छ' प्रचार
प्रसार समितिका संयोजक नारायणी आचार्यले बताए ।
फेस्टिबलको स्टलहरुको बुकिङ्ग कार्य पनि
तिब्र रुपमा भैरहेको जनाईएको छ । स्टलहरुको संख्या थोरै मात्र भएकोले स्टल राख्न इच्छुक
ब्यबसायी वा व्यक्तिहरुले चाडै सम्पर्क राखेमा मात्र स्टल पाउने स्टल ब्यबस्थापन हेरिरहेका
नरबहादुर थापाले बताए ।
नेपाल फेष्टिबलको तयारीका लागि तिब्र रुपमा
जुटेको आयोजक समितिले ब्यवसायीहरुले आफ़्ना सेवा तथा उत्पादनलाई विक्रि तथा प्रचारप्रसार
गर्नका लागि स्टल राख्न चाहने महानुभावहरुलाई स्टलहरु सिमित संख्यामा भएको र बुकिङ्ग
कार्य तिब्ररुपमा भैरहेकोले ढिला नगरी समयमै बुकिङ्ग गर्न सम्बन्धित सबैलाई अनुरोध
गरेको हो | त्यस्तै यो वर्षदेखि नेपाल फेष्टिवल नेपाल
र नेपालीलाई चिनाउने दिशामा केन्द्रीत हुन सकोस् भन्ने हेतुले कार्यक्रम तथा प्रस्तुतीहरु
विदेशी नागरिकमा लक्षित हुने गरि मञ्चका साँगीतिक
तथा अन्य प्रस्तुतीहरुमा नेपाली कला कौशल र चिनारीजन्य सामाग्रीमा बिशेष ध्यान दिई
सोहि अनुरुपको तयारीमा जुटेको नेपाल फेस्टिबलकी संयोजक युको ओकामोतो मल्लले बताउनु
भएको छ |