प्रेस युनियनको आठौँ राष्ट्रिय महाधिवेसन आजदेखि
Admin / 2014-09-06 02:52:12
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
नेपाल प्रेस युनियनको आठौँ राष्ट्रिय महाधिवेसन आजदेखि सुरु हुँदैछ ।
नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको उक्त महाधिवेशन आजदेखि पोखरामा सुरु हुने भएको हो ।
नेपालभरबाट एक हजारभन्दा बढी प्रतिनिधिको सहभागी भएको उक्त महाधिवेशन दुई दिनसम्म चल्ने प्रेस युनियनले जनाएको छ । महाधिवेसनले ७१ सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ ।
महाधिवेसनको उद्घाटनका लागि पुर्वप्रधानमन्त्री एवम् कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, संचारमन्त्री मिनेन्द्र रिजाल, पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रि सदस्य अर्जननरसिह केसी, पार्टीका प्रवर्ता दिलेन्द्रप्रसाद बडूलगायतको उपस्थिति रहनेछ ।
प्रकाशित मिति: 2014-09-06 02:52:12
प्रतिक्रिया: