अख्तियारद्धारा सहकारी मन्त्रालयका सचिवलाई कारवाही गर्न निर्देशन
Admin / 2014-09-05 06:57:25
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न निर्देशन दिएको छ ।
उचित समयमा उचित निर्णय नगरेको तथा अख्तियारले दिएको निर्देशन पालना नगरेको आरोप सहित उनीमाथि कारवाही गर्न आज अख्तियारले चेतावनी दिएको हो ।
गौतम सहकारी मन्त्रालयमा आउनुअघि नेपाल ट्रष्टको कार्यालयमा थिए ।
ट्रष्टको कार्यालयमा हुँदा पूर्व राजपरिवारको सम्पत्तिसँग जोडिएको गोकर्ण रिसोर्टसँग सम्बन्धित एउटा निर्णयमा ४ वर्षसम्म निवेदकको माग सुनुवाइ नगरेको अख्तियारको आरोप छ । सरकारी पदमा बस्ने जोसुकै कर्मचारीले पनि जनताको हितमा हुने कार्यमा समयमै उचित निर्णय नगरेर सर्वसाधारणले दुःख पाउने स्थिति आए वा अख्तियारले दिएको निर्देशन पालना नगरे कडा कारबाही गरिने अख्तियारले चेतावनीसमेत दिएको छ ।
प्रकाशित मिति: 2014-09-05 06:57:25
प्रतिक्रिया: