विश्व प्रजातान्त्रिक युवा संघको एशिया प्रशान्त क्षेत्रको बैठक आजदेखि सुरु हुँदै
Admin / 2014-09-05 04:25:38
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
राजधानिमा आजबाट विश्व प्रजातान्त्रिक युवा संघको एशिया प्रशान्त क्षेत्रको बैठक सुरु हुँदैछ ।
बैठकमा एशिया प्रशासन्त क्षेत्रका ३० भन्दा बढि देशका युवा नेताहरु आज राजधानीमा भेला भएका छन् ।
एमाले सम्बद्ध युवा संघ नेपालले संयोजन गरेको सो बैठकको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले जमलस्थित राष्ट्रिय नाचघरमा गर्ने युवा संघले जनाएको छ ।
उक्त बैठकमा भाग लिनको लागी श्रीलंकाका शिक्षामन्त्री सहित युवा नेताहरु काठमाडौं आइपुगेका छन् । विश्व प्रजातान्त्रिक युवा संघ विश्व शान्ति र भातृत्वको लागि र नाजीवाद र फासीवादका विरुद्धमा सन् १९४५ मा लन्डनमा स्थापना भएको हो । यसले युनेष्को, युरोपियन यूनियन लगायत अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट विश्व शान्ति र भातृत्व, युवा अधिकार, शिक्षा र रोजगार जस्ता मुद्धाहरुमा सहकार्य गर्दै आएको छ ।
प्रकाशित मिति: 2014-09-05 04:25:38
प्रतिक्रिया: