युक्रेनमा रहेका आफ्ना सेना फिर्ता गर्न नेटो मुलुकको रुसलाई आग्रह
Admin / 2014-09-05 03:50:13
नेपाल ब्युरो–भदौ २०, एजेन्सी ।
युक्रेनमा रहेका आफ्ना सेना फिर्ता गर्न नेटो गठबन्धन आबद्ध मुलुकहरुले रुसलाइ आग्रह गरेका छन् ।
नेटो गठबन्धन आबद्ध मुलुकहरुले आफ्ना सेना फिर्ता गरि क्राईमियामाथिको नियन्त्रण अन्त्य गर्न रुसलाई आग्रह गरेका हुन् ।
वेल्समा जारी नेटो सम्मलेनका क्रममा ती मुलुका सरकार तथा राष्ट्र प्रमुखले आफूहरु युक्रेनको साथमा रहेको भन्दै रुसलाई पछि हट्न आव्हान गरेको हो । क्राईमियामाथि रुसले अवैध कब्जा जमाएको उनीहरुको आरोप छ ।
बेलायती अधिकारीहरुका अनुसार युरोपेली संघ र अमेरिकाले रुस विरुद्ध आज थप नयाँ प्रतिबन्धको घोषणा गर्ने तयारी समेत गरेका छन् । यता युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को र विद्रोही नेताहरुले भने आजसम्ममा युद्ध विरामका लागि सहमति हुन सक्ने बताएका छन् ।
युक्रेनमा गत अप्रीलयता जारी हिंसामा अहिलेसम्म करिव २ हजार ६ सय जनाले ज्यान गुमाई सकेका छन् ।
प्रकाशित मिति: 2014-09-05 03:50:13
प्रतिक्रिया: