विश्वमा महिलामाथि हुने बलात्कारको भयावह तस्वीर सार्वजनिक
Admin / 2014-09-05 03:21:37
नेपाल ब्युरो– भदौ २०, एजेन्सी ।
संयुक्तराष्ट्र संघले विश्वमा महिलामाथि हुन गरेकोे बलात्कारको भयावह तस्वीर सार्वजनिक गरेको छ ।
संघले विश्वभरमा करिब १२ करोड युवती २० वर्ष पुग्दा–नपुग्दै बलात्कार हुने र कुनै न कुनै यौन दुव्र्यवहारको शिकार हुने गरेको जनाएको छ ।
सन् २०१२ मा मात्र करिब ९५ हजार किशोरीको हत्या गरिएको बालबालिकाका लागि कार्यरत राष्ट्रसंघीय संस्था युनिसेफले जनाएको हो । यसरी मारिनेमा दक्षिण अमेरिका र क्यारेबियन मुलुुकका बढी रहेको जनाइएको छ ।
एक सय ९० देशको तथ्यांक सामेल उक्त प्रतिवेदनले पूरै विश्वभर बालबालिकामाथि हिंसा भइरहेको जनाएको छ । दुईदेखि १४ वर्ष उमेर समूहका दशमा ६ बालबालिकाले दैनिक रुपमा रेखदेख गर्नेबाटै पिटाइ खाने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
हिंसा हुने स्थान भने उनीहरु सुरक्षित रहुनुपर्ने घर, विद्यालय र समुदाय नै हुने गरेको जनाइएको छ ।
प्रकाशित मिति: 2014-09-05 03:21:37
प्रतिक्रिया: