विश्वमा हरेक वर्ष भ्रष्टाचारका कारण लाखौँ मानिसको ज्यान जाने गरेको खुलासा
Admin / 2014-09-05 03:05:38
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
विश्वमा हरेक वर्ष भ्रष्टाचारका कारण दशौँ लाख मानिसको ज्यान जाने गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।
भ्रष्टाचार विरोधी संगठन वनले सो प्रतिवेदन सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा गरीब देशहरुबाट १० खर्ब अमेरिकी डलर बाहिरिने गरेको प्रतिवेदनले देखाएको छ ।
पछिल्लो दुइ दशकमा चरम गरिबी निवारणमा प्राप्त प्रगतिलाई भ्रष्टाचार तथा अपराधले संकटमा पारेको छ । प्रतिवेदन अनुसार विश्वमा भ्रष्टाचारकै कारण हरेक वर्ष ३६ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । अदृश्य कम्पनीहरुको प्रयोग तथा मुद्रा निर्मलीकरण लगायतका कार्यहरुबाट समेत चरम भ्रष्टाचार हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
भ्रष्टाचारलाई टिकाइराख्न सघाउने गोप्यताको अन्त्य गर्ने तथा उठेको राजश्वलाई स्वास्थ्य क्षेत्रमा खचिर्ने हो भने कम आय भएका देशहरुमा हुने अधिकांस अकाल मृत्युलाई रोक्न सकिने ठम्याइ संगठनको छ । ‘ट्रिलियन डलर स्क्यान्डल’ नाम दिइएको सो प्रतिवेदनका अनुसार भ्रष्टाचारका कारण निजि लगानी निरुत्साहित भएको, आर्थिक वृद्धिदर घटेको, व्यवसाय संचालनको लागत बढेको तथा राजनीतिक अस्थिरता बढेको पाइएको छ ।
प्रकाशित मिति: 2014-09-05 03:05:38
प्रतिक्रिया: