प्रमुख तीन दलको बैठक निष्कर्षविहिन
Admin / 2014-09-04 03:34:33
नेपाल ब्युरो– भदौ १९, काठमाडौ ।
प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति खोज्न बसेको बैठक निष्कर्षविहिन बनेको छ ।
उक्त बैठक संविधानका विवादित विषयमा साझा धारणा बनाउन तीनदलीय, दुईदलीय र बहुपक्षीय बार्ता जारी गर्ने सहमति गर्दै सकिएको हो ।
संहदरबारमा बसेको आजको बैठकमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीका विषयमा छलफल भएको छ ।
बैठकमा राज्य पुनसंर्रचनाका विषयमा मुख्यगरी छलफल भएको एकीकृत माओवादी नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो । बैठकमा कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरु सहभागी थिए ।
आज बिहानदेखि बसेको बैठकले कुनै मुद्दामा पनि सहमति जुटाउन नसके पनि फेरि भोलि बिहान ८ बजे बस्ने सहमतिमा टुंगिएको छ । विवादित विषयमा भदौ ३१ गतेभित्र दलहरुबीच सहमति जुटाइसक्नुपर्ने भएकाले नेताहरुले छलफललाई तीब्रता दिएका हुन् ।
आजै मुख्य तीन दल र मोहन वैद्य नेतृत्वको माओवादीबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अर्को बैठक हुँदैछ ।
प्रकाशित मिति: 2014-09-04 03:34:33
प्रतिक्रिया: