नेपाल ब्युरो– भदौ १९, एजेन्सी ।
महामारीको रुपमा फैलिएको प्राणघातक रोग इबोलाको संक्रमणबाट अहिलेसम्म १ हजार ९ सय जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार पश्चिम अफ्रिकी मुलुक गिनि, सियरा लियोन र लाईबेरियामा ३ हजार ५ सय जनामा ईबोलाको संक्रमण पुष्टी भएको छ । ती मुलुकमा ईबोला भाईरस नियन्त्रणका लागि प्रयास भइरहेपनि संक्रमण फैलिरहेको बताइएको छ ।
यसैबीच, इबोलाको उपचार र रोकथामबारे छलफल गर्न संगठनको बैठक आज बस्दैछ । रोग नियन्त्रण विज्ञ, खोजकर्ता, प्रभावित मुलुकका अधिकारी र विशेषज्ञका प्रतिनिधी बैठकमा सहभागी हुनेछन् । संगठनले यसअघि २० हजार जनामा ईबोलाको संक्रमण हुनसक्ने चेतावनी दिएको थियो ।