पीटीएबारे नेपाल भारतबीच वार्ता सुरु
Admin / 2014-09-04 02:55:37
नेपाल ब्युरो– भदौ १९, काठमाडौ ।
बिद्युत व्यापार सम्झौता पीटीएबारे वार्ता गर्नको लागी भारत गएका ऊर्जा सचिव राजेन्द्र किशोर क्षेत्री नेतृत्वको नेपाली टोली र भारतबीच वार्ता सुरु हुँदै छ ।
उक्त टोली हिजै नयाँ दिल्ली पुगिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जारी संयुक्त विज्ञप्तीमा माथिल्लो कर्णालीको पीडीए र नेपालद्धारा प्रस्तावित पीटीएलाई ४५ दिनभित्र अन्तिम रुप दिने प्रतिबद्धता अनुरुप भारतले वार्ताका लागि बोलाएको हो ।
नेपालको जलस्रोतमा एकाधिकार कायम गर्ने आशयसहितको विद्युत विकास सम्झौता पीडिए गर्ने भारतको प्रस्ताव अस्वीकार गर्दै नेपाली पक्ष पीटिएका लागि मात्र तयार भएको हो । पीटीएका लागि भारतले अग्रसरता देखाएकाले सम्झौता हुने संभावना प्रवल रहेको ऊर्जा सचिव क्षेत्रीको भनाई छ । पीटीए भएसंगै नेपालको जलविद्युत व्यापारका लागि अन्तर्राष्ट्रिय बाटो खुल्ला हुने छ ।
भारतीय उर्जा मन्त्रालयमा हुने वार्तामा क्षेत्री संयोजकत्वको ऊर्जा, परराष्ट्र मन्त्रालय र विद्युत प्राधकरणका प्रतिनिधिसहितको टोली सहभागी हुनेछ ।
प्रकाशित मिति: 2014-09-04 02:55:37
प्रतिक्रिया: