प्रमुख तीन दलको बैठक आजपनि जारी
Admin / 2014-09-04 02:30:26
नेपाल ब्युरो– भदौ १९, काठमाडौ ।
प्रमुख तिन दलको बैठक आज पनि जारी रहेको छ ।
संविधान निमार्णका विवादित विषयमा सहमति जुटाउने प्रयास स्वरुप बैठक आजपनि जारी रहेको हो ।
संविधान निमार्णको कार्यतालिका भित्रै सहमति गर्नका लागि दलहरु छलफलमा जुटेका छन् । दलहरुबीच राज्यको पुर्नसरचना र शाशकिय स्वरुपमा विवाद रहेको छ ।
तीन दलको बैठक लगत्तै मधेसवादी दलहरुसँग छलफल गरिने सवैधानिक समितिका सभापति बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
यस्तै नेकपा माओवादीसँग पनि संविधान निमार्णका बिषयमा साँझ छलफल गरिने उहाँले बताउनुभयो । संविधानका विवादित विषयमा सहमति गर्न अव २ दिन मात्र बाँकी छ ।
यसैवीच,मन्त्रिपरिषद्को बैठक पनि अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा सरकारका कामकारबाही, सरकारी प्रतिष्ठानहरुमा गरिने राजनीतिक नियुक्ती लगायतका विषयमा छलफल हुने उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-09-04 02:30:26
प्रतिक्रिया: