एन्फा कप फुटबल प्रतियोगितामा आज थ्रीस्टार र एपीएफ भिड्ने
Admin / 2014-09-03 04:28:38
नेपाल ब्युरो– भदौ १८, काठमाडौ ।
राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज थ्रीस्टार र एपीएफ टिम एक अर्कासँग भिड्ने भएका छन् ।
दिउँसो १ बजे दशरथ रंगशालामा हुने खेलमा यी दुई टिम भिड्ने भएका हुन् ।
थ्री स्टार र एपिएफ विचको खेलमा जो विजयी हुन्छ त्यो टिम सेमिफाईनल प्रबेश गर्न पाउने छ र खेल हार्ने टिम घर फकर्ने छ ।
हिजो भएको पहिलो खेलमा झापा फुटबल क्लबले मनाङ मस्र्याङदी क्लबलाई पराजीत गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी प्रतियोगितामा ए डिभिजनका ६ क्लब सहित झापा र मोरङका गरि ८ क्लबहरुले सहभागिता जनाएका छन् । भदौ २५ गते सम्म चल्ने प्रतियोगिताका सहभागि ८ टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैंया पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: 2014-09-03 04:28:38
प्रतिक्रिया: