काठमाडौ,
भाद्र
१८ - व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले आर्थिक प्रतिवेदन र खाताबारे प्रस्ट
हुने गरी मागेको जवाफ दिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले अटेर गरेको छ। करोडौंको
भ्रष्टाचार भएको भन्दै एन्फा पदाधिकारीले गरेको उजुरीउपर भदौ ११ गतेको बैठकमार्फत समितिले
३ दिनभित्र जवाफ मागेको थियो। तर, मंगलबार ७ दिन बिते पनि एन्फाले कुनै जवाफ
दिएको छैन।
'म्याद गुजि्रसके पनि कागजात नआएकाले नोट बनाउन पनि पाएको छैन,' लेखा समितिका उपसचिव सुरेन्द्र अर्यालले भने। जवाफ लिएको ३ दिन विज्ञको समेत सुझावलाई नोट बनाएर ३ दिन अध्ययन गरेपछि टुंगोमा पुग्ने निर्णय समितिले गरेको थियो। युवा तथा खेलकुद मन्त्रालयले भने समितिले मागेअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि तयार पारेको प्रतिवेदन सोमबार नै बुझाएको छ।
'कानुनअनुसार
चलेको छु भन्ने मान्छेले फटाफट दिनुपर्यो नि,' लेखा समिति सदस्य
मोहनबहादुर बस्नेतले भने, 'नदिँदा आशंका बढेको छ। त्यसै गडबड छ भन्नेे
त उसकै पदाधिकारीले गरेको उजुरीबाट देखिन्छ। समितिमा उहाँ -एन्फा अध्यक्ष गणेश थापा)
को अभद्र प्रस्तुतिले पनि गडबड छ भन्ने जनाएको थियो। अब त्यही ढंगले समितिमा छलफल हुन्छ।'
लेखा
समितिले बोलाएको छलफलमा एन्फा अध्यक्ष गणेश थापाले विधान र कानुनअनुसार चलेको दाबी
गरेका थिए।
एन्फा
प्रवक्ता ललितकृष्ण श्रेष्ठ 'जवाफ दिने प्रोसेसमा भएको' बताउँछन्।
'आजभोलि नै पठाउने छौं,' उनले मंगलबार भने। समितिले दिएको अवधि त
सकियो नि? उनले भने, 'हामीले कुरा गरिसकेका छौं।'