मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस आज मनाइदै
Admin / 2014-09-03 03:27:17
नेपाल ब्युरो– भदौ १८, काठमाडौ ।
मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस आज मनाइदैछ ।
सो दिवस एकसातासम्म विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
यो दिवसलाई आगामी २४ गतेसम्म मनाउन लागीएको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।
माइती नेपाललगायतका महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयुक्त आयोजनामा हुने कार्यक्रममा बेचिएका चेलीबेटीको उद्धार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्धेश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालिएको हो । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ ।
यद्यपी, सो ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
प्रकाशित मिति: 2014-09-03 03:27:17
प्रतिक्रिया: