पीटीएका लागी ऊर्जा सचिव नेतृत्वको टोली आज नयाँ दिल्ली प्रस्थान गर्दै
Admin / 2014-09-03 02:55:41
नेपाल ब्युरो– भदौ १८, काठमाडौ ।
भारतसित बहुप्रतीक्षित विद्युत व्यापार सम्झौता पीटीए का बारेमा वार्ता गर्न ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वको टोली नयाँ दिल्ली प्रस्थान गर्दैछ ।
भारतसँग पीटीएका बारेमा वार्ता गर्न ऊर्जा सचिवको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली आज नयाँ दिल्ली प्रस्थान गर्ने भएको हो ।
मन्त्रिपरिषदको हिजो बसेको आकस्मिक बैठकले ऊर्जा सचिव क्षेत्रीको नेतृत्वमा भारत भ्रमणमा जाने टोलीको तय गर्नुका साथै पीटीएका बारेमा वार्ता गर्ने अख्तियारी प्रदान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत विकास सम्झौता गर्न नेपालसमक्ष पठाएको प्रस्तावमा मुलुकमा व्यापक विरोध भएको थियो । नेपालले भारतीय प्रस्तावलाई अस्वीकार गर्दै पीटीएमात्र गर्न मस्यौदा पठाएपछि भारतले त्यसमा वार्ता गर्न बोलाएकाले सरकारले नयाँ दिल्लीमा प्रमण्डल भारत पठाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: 2014-09-03 02:55:41
प्रतिक्रिया: