बसको ठक्करबाट एक महिलाको ज्यान गयो
Admin / 2014-09-02 04:10:57
नेपाल ब्युरो– भदौ १७, नवलपरासी ।
नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
बसको ठक्करबाट आज विहान करिब साढे ७ बजेको समयतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ८५९८ नम्बरको बसले ठक्कर दिँदा गैंडाकोट नगरपालिका १६ नम्बर चोकमा स्थानीय २६ वर्षिय साईकलयात्री महिला चित्रकला रिजालको ज्यान गएको हो ।
गम्भीर रुपमा घाइते भएकी रिजालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका गर्ने क्रममा ज्यान गएको गैडाकोट ईलाका प्रहरी कार्यालये जनाएको छ ।
घटना भएपछि स्थानीयले विहान करिब २ घण्टा सडक अबरुद्ध पाररे विरोध गरेका थिए ।
प्रहरी प्रशासन र मृतकको आफन्तहरुबीच क्षतिपूर्तिको विषयमा सहमति हुन नसकेपछि छलफलका लागि अबरुद्ध गरेको बाटो खुलाएका थिए ।
प्रकाशित मिति: 2014-09-02 04:10:57
प्रतिक्रिया: