विपक्षीको दबावको भरमा राजीनामा दिन्न : प्रधानमन्त्री नवाज शरीफ
Admin / 2014-09-02 03:28:35
नेपाल ब्युरो– भदौ १७, एजेन्सी ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका छन् ।
उनले विपक्षीको दबावको भरमा आफुले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका हुन् ।
प्रधानमन्त्री विरोधी प्रदर्शनहरु चर्किरहेको बेला १२ वटा राजनीतिक पार्टीहरुको संयुक्त बैठकमा बोल्दै त्यस्तो अडान देखाएका छन् । पाकिस्तानमा जारी प्रदर्शनकाबीच सेनाप्रमुख र प्रधानमन्त्रीले राजीनामा दिने भन्ने चर्चाको खण्डन गर्न उनले आफ्नो अडान स्पष्ट पारेका हुन् । यसैबीच, प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरिरहेका तहरिक ए इन्साफ पार्टीका नेता इमरान खान र धार्मिक नेता ताहिरुल कादरी सहित अन्य केही नेताहरु विरुद्ध सरकारले मुद्दा लगाएको छ ।
सरकारी टेलिभिजनमा तोडफोड र पाकिस्तानी संसदमा सचिवालयमा प्रवेश गरेको आरोपमा उनीहरु बिरुद्ध मुद्दा दायर गरिएको हो । यता, पाकिस्तानको सर्वोच्च अदालतले देशमा जारी राजनैतिक संकट समाधान गर्न जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारेको छ ।
प्रकाशित मिति: 2014-09-02 03:28:35
प्रतिक्रिया: