मलाई आफ्नो पदको लोभ छैन : प्रधानमन्त्री
Admin / 2014-09-02 02:45:09
नेपाल ब्युरो– भदौ १७, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई पदको लोभ नभएको बताउनुभएको छ ।
उहाँले आफु पदको लोभी नभएको भन्दै संविधान बन्ने वित्तिकै आफुले राजिनामा दिने बताउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान विभिन्न संघसंस्थाले बाढी पीडितहरुलाई दिएको राहत बुझ्दै कोइरालाले आफू पदको लोभी नभएको भन्दै संविधान निमार्ण गरेर विदा लिने इच्छा व्यक्त गर्नुभएको छ ।
वर्तमान सरकार निर्धारित मितिमा नै संविधान जारी गर्न गम्भीरतापूर्वक लागेको उहाँको भनाई थियो । प्रधानमन्त्री कोइरालाले आफू विरामी भएपनि त्यसले काममा कुनै अवरोध नपुगेको स्पष्ट पार्नुभयो ।
सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले केही समयअघि देशभरी गएको बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति: 2014-09-02 02:45:09
प्रतिक्रिया: