नेपाली महिलालाई कामदारको रुपमा विदेश जान प्रतिवन्ध
Admin / 2014-09-01 08:49:11
नेपाल ब्युरो– भदौ १६, काठमाडौ
नेपाली महिलाहरुमाथि विदेशमा दुव्र्यवहार हुन थालेपछि सरकारले तत्कालका लागि महिलालाई कामदारका रुपमा विदेश जान प्रतिवन्ध लगाएको छ ।
नेपाली महिलाहरुमाथि विदेशमा दुव्र्यवहार हुन थालेपछि सरकारले तत्कालका लागि विदेश पठाउने काममा रोक लगाउने निर्णय गरेको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच लामो छलफलपछि परराष्ट्र मन्त्रालयले तत्काल महिला कामदार विदेश नपठाउन पत्र पठाएको उहाँले जानकारी दिनुभयो ।
सरकारले पुर्वाधार तयार नभएसम्मका लागि महिलालाई कामका लागि विदेश जान स्थगित गरेको हो । विशेष गरी खाडी मुलुकमा नेपाली कामदार महिलामाथि घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका समस्या नेपाली महिला कामदारले व्यहोर्नु परेको छ । सरकारले सबै मुलुकमा श्रम सहचारी नियुक्ती गरेपछिमात्र महिला कामदार विदेश पठाउने जनाएको छ ।
प्रकाशित मिति: 2014-09-01 08:49:11
प्रतिक्रिया: