युक्रेनलाई हतियार सहयोग गर्न अमेरिकी सिनेटरहरुको सरकारसंग माग
Admin / 2014-09-01 03:48:15
नेपाल ब्युरो– भदौ १६, एजेन्सी ।
युक्रेनलाई हतियार सहयोग गर्न अमेरिकी सिनेटरहरुले सरकारसँग माग गरेका छन् ।
रुसीभाषी बिद्रोहीविरुद्धको लडाइमा युक्रेनलाई हतियार सहयोग गर्न अमेरिकाका बरिष्ठ सिनेटरहरुले सरकारलाई आग्रह गरेका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पूर्वी युक्रेनलाई राज्यस्वरुप दिने बिषयमा छलफल गर्न तयार रहेको बताइरहदा अमेरिकी सिनेटरले यस्तो माग गरेका हुन् । सिनेटको बैदेशिक सम्बन्ध कमिटिका प्रमुख रोबर्ट मेनेन्देजले रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथिको आफ्नो रवैयाको मुल्य चुकाउनुपर्ने बताएका छन् ।
अर्का सिनेटर जोन म्याक्केनले रुसी राष्ट्रपती पुटिनको व्यवहार रुसी साम्राज्यवाद पुन ः स्थापना गर्न खोज्ने पूराना शासकको जस्तै भएको भन्दै आलोचना गरेका छन् । त्यसविरुद्ध अमेरिकाले रुसमाथि कडा नाकाबन्दी गर्नुका साथै युक्रेनलाई आवश्यक हतियार सहयोग गर्नुपर्ने सिनेटरहरुले माग गरेका छन् ।
यसअघि हिजो पुटिनले स्थानीयबासीको हित प्रत्याभूत गर्नका लागि पूर्वी युक्रेनबारे छलफल गर्न तयार रहेको बताएका थिए ।
प्रकाशित मिति: 2014-09-01 03:48:15
प्रतिक्रिया: