आर्थिक सहयोग उपलब्ध गराउन भारतलाई औपचारीक पत्र पठाउने निगमको तयारी
Admin / 2014-09-01 03:15:13
नेपाल ब्युरो–भदौ १६, काठमाडौ ।
नेपाल आयल निगमले रक्सौल–अमलेखगञ्ज पाईपलाईन निर्माणका लागि भारतलाई औपचारिक पत्र पठाउन सरकारलाई अनुरोध गर्ने तयारी गरेको छ ।
निगमले आर्थिक सहयोग उपलब्ध गराउन भारतलाई औपचारिक पत्र पठाउन सरकारलाई अनुरोध गर्ने तयारी गरेको हो ।
ईण्डियन आयल कर्पोरेसनसंगको छलफलमा निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको टोलीले साढे ५ अर्ब सहयोगस्वरुप उपलब्ध गराउन प्रस्ताव गरेपनि आईओसीले सरकारले नै औपचारिक पत्र पठाउनुपर्नेे बताएपछि निगमले त्यसका लागि सरकारलाई आज अनुरोधपत्र पठाउने तयारी गरेको हो ।
पाईपलाईन निर्माणबारे आईओसीसंग छलफल गरेर भट्ट नेतृत्वको टोली हिजो स्वदेश फर्किएको हो । निगमका प्रबक्ता मुकुन्द घिमिरेले भारत सरकारलाई आजै पत्राचार गर्न सरकारलाई आग्रह गरिने बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-01 03:15:13
प्रतिक्रिया: