मुलुकलाई अध्यारोवाट उज्यालो तर्फ लैजान भारतसंग पीडीए सम्झौता : प्रधानमन्त्री
Admin / 2014-09-01 02:41:39
नेपाल ब्युरो– भदौ १६, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोईरालाले मुलुकलाई उज्यालोतर्फ लैजान भारतसँग परियोजना विकास सम्झौता (पीडीए) गर्न लागीएको स्पष्ट पार्नुभएको छ ।
उहाँले मुलुकमा विद्यमान उर्जा संकट हटाउँन भारतसंग परियोजना विकास सम्झौता (पीडीए) गर्न लागिएको स्पष्ट पार्नुभएको हो।
।
प्रधानमन्त्री निवास बालुवाटामा विभिन्न संघसंस्थाको राहत बुझ्ने क्रममा प्रधानमन्त्री कोईरालाले नेपालको हितमा पीडीए सम्झौता हुन लागेको भन्दै कुनै पनि भ्रमको पछि नलाग्न समेत आग्रह गर्नुभयो । उहाँले छिट्टै मुलुकबाट अध्यारो हट्ने समेत दाबी गर्नुभयो ।
प्रधानमन्त्री दैवी उद्धार राहत कोषका लागी मनाङ सेवा समाजले ४ लाख २१ हजार, हिमशिखर सोसाईटिले एक लाई २० हजार र वल्र्ड लिंक ५ लाख सहयोग प्रदान गरेको छ ।
प्रधानमन्त्री कोईरालाले बाढिपिडितका लागी आएको सहयोगलाई वास्तविक पिडितसम्म पुराउने प्रतिवद्धता समेत जनाउनुभयो ।
प्रकाशित मिति: 2014-09-01 02:41:39
प्रतिक्रिया: