नेपाल ट्रष्टलाइ राजा वीरेन्द्रको सम्पत्ति खोज्न प्रधानमन्त्रीको निर्देशन
Admin / 2014-08-31 05:06:44
नेपाल ब्युरो– भदौ १५, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइरालाले स्व.राजा विरेन्द्रको सम्पत्ति जसरी भए पनि खोज्न नेपाल ट्रष्टलाई निर्देशन दिनुभएको छ ।
उहाँले विशेष सुराकी लगाएर भएपनि स्व. राजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहेको सम्पत्ति खोज्न लागी नेपाल ट्रष्टलाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाल ट्रष्टको बार्षिक प्रतिवेदन बुझ्दै कोईरालाले विरेन्द्रसहित स्व रानी ऐश्वर्य,स्व.राजा दीपेन्द्र र स्व.युवराज निराजनको नाममा रहेको सम्पत्ति समेत नेपाल ट्रष्टको अन्तर्गत ल्याउन आग्रह गर्नुभएको हो । उहाँले कार्यक्रममा ट्रष्टको स्वामित्वमा आएको सम्पत्तिको समेत सदुपयोग हुन नसकेको गुनासो गर्नुभयो ।
ट्रष्टको सम्पत्ति जनताको शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा लगाउनुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री समक्ष नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले आर्थिक बर्या २०६९ ÷७० को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले नेपालमा पनि बुट (बीओटी) ,बूट (बीओओटी) र सार्वजनिक निजी साझेदारी (पीपीपी) जस्ता विकासका नयाँ अवधारणा आएको उल्लेख गर्नुभएको थियो ।
प्रकाशित मिति: 2014-08-31 05:06:44
प्रतिक्रिया: