इबोला भित्रिन नदिन अन्तर्राष्ट्रिय विमानस्थलमा पुरै समय चिकित्सक राख्ने
Admin / 2014-08-31 04:03:38
नेपाल ब्युरो– भदौ १५, काठमाडौ ।
सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा पुरै समय चिकित्सक राख्ने तयारी गरेको छ ।
इबोला भाइरस भित्रिन नदिनको लागी सरकारले पुरै समय विमानस्थलमा चिकित्सक राख्ने तयारी गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा इबोलाको परीक्षण गर्न स्थापना गरिएको हेल्थ डेस्कमा पूरै समय चिकित्सक खटाउन लागिएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अहिले हेल्थ डेस्कमा स्वास्थ्यकर्र्मी मात्र खटिने गरेका छन । परीक्षणका बेला कुनै समस्या देखिएमा मात्र चिकित्सक बोलाउने गरिएकोमा अबदेखि भने दक्ष चिकित्सकलाई नै पूरै समय डेस्कमा खटाईने महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको केही दिनभित्रै बाहिरी मुलुकबाट आउनेहरुको स्वास्थ्य परीक्षण गर्न पूरै समय दक्ष चिकित्सक राखिनेछ ।
प्रकाशित मिति: 2014-08-31 04:03:38
प्रतिक्रिया: