व्यवस्थापिका संसदको बैठक आज बस्ने
Admin / 2014-08-31 02:17:47
नेपाल ब्युरो– भदौ १५, काठमाडौ ।
+को बैठक आज बस्ने भएको छ ।
विनियोजन विधेकमाथिको छलफललाई निरन्तरता दिइरहेको व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको हो ।
गएको शुक्रबार प्रतिपक्षिदलले बैठक बस्न अवरोध गरेपछि बैठक आज सम्मका लागि स्थगित भएको थियो । संविधानसभा भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक डाकिएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
शुक्रबारको बैठकमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले विगतका सहमतिहरु कार्यान्वयन गर्ने भरपर्दाे प्रतिवद्धता सरकारबाट नआए संसदको अर्काे बैठक अवरोध गर्ने चेतावनी दिनु भएको थियो ।
संसद बैठक सुरु हुनासाथ रोष्टमबाट बोल्दै दाहालले सरकार पक्ष दलहरु नै शान्ति प्रक्रिया र संविधान निर्माणबाट भागिरहेको बताउनुभएको थियो ।
प्रकाशित मिति: 2014-08-31 02:17:47
प्रतिक्रिया: