बिहार,भारत।
बिहारको
पश्चिमी चंपारण जिल्लामा बाख्रालाई बचाउनका लागि एक बालक गोहीसंग भिडेका छन।बालक
अघि सरे पछि गोहिले बाख्रालाई छोडेर १० बर्षिय बालक हरिराम कुमारलाई हमला गरेका
थिए। गोही देखेर डराएका बालकका साथीहरु सहयोगको लागि आएन तर हरिरामले डर नमानी
गोहीको आंखामा औंका घुसाईदिए। बालकले आंखमा आक्रमण गरेपछि गोही डराएर नहरमा पसेको
थियो।
वाल्मीकिनगर
स्थित भेड़िहारी थारू टोल निवासी तिलक मुखियाको सुपुत्र हरिराम कुमार बाख्रा चराउन
तिरहुत नहर गएका थिए। नहरबाट विशाल गोही निस्केर एउटा बाख्रालाई आक्रंण गरेको थियो।
हरिरामले बाख्रालाई छुटाउने प्रयास गर्दा गोहीले बालकमाथि नै आक्रमण गरेको थियो।
गोहीको आक्रमणबाट बालकको हातबाट रगत बगेको थियो तर हातको घाउको वास्ता नगरी बालकले
गोहीको आंखामा आक्रमण गरेपछि डराएर गोही पुन नहरमै प्रवेश गरेको थियो।
अहिले ति
शाहसी बालकको स्थानिय अस्पतालमा उपचार भैरहेको छ। बालक हरिराम कक्षा ६का
बिद्यार्थी हुन।
(तस्बिर मोडलिङमा आधारित हो)