१५ भदौ,
काठमाडौं
। चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चावहिल
खण्डमा फ्लाई ओभर बन्ने भएकोछ ।
आगामी
आठ वर्षभित्र चक्रपथको पूरा लम्बाई २७ दशमलव ३ सय ९४ किलोमीटर सडक विस्तार गरी ८ लेन
बनाईसक्ने गरी अघि बढाएको परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म गरिब २ किलोमीटर
लामो फ्लाई ओभर निर्माण हुनेछ ।
चीनको
प्राविधिक र आर्थिक सहयोगमा तीन फेजमा निर्माण सम्पन्न भइसक्ने चक्रपथ विस्तार कार्यक्रम
अन्तर्गत फ्लाई ओभर निर्माणको काम तेस्रो फेजमा हुनेछ । पहिलो फेज अन्तर्गतको कलंकी-कोटेश्वर
खण्ड विस्तार डेढ वर्षअघि सुरु भइसकेको छ । दोस्रो फेजमा कलंकीदेखि गोंगबुसम्म को सिडक
खण्ड भने त्यसपछि मात्र निर्माण गरिने भनिएको थियो । तर, यस खण्डमा सडक विस्तार
गर्ने पर्याप्त ठाउँ नभएकोले यो योजना पछि सारिएको हो ।
चक्रपथ
विस्तार परियोजनाका प्रमुख अशोश तिवारीका अनुसार फ्लाई ओभर निर्माण गर्ने विषयमा चीन
सरकार तयार भइसकेको छ । उनले गौशाला-चावहिल क्षेत्रमा अत्याधिक घर रहेको र उक्त घर
भत्काएर विस्तार गर्न पर्याप्त ठाउँ अभाव हुने भएपछि फ्लाई ओभर बनाउँन लागिएको बताए
।
परियोजनाले
फ्लाई ओभर निर्माण भन्दा पहिला गौशालादेखि चाबहिल क्षेत्रसम्म सुरुङ्मार्ग बनाउने योजना
अगाडि सारेको थियो । तर पशुपति क्षेत्र भएकाले सुरुङ्मार्ग बनाउँने क्रममा कुनै पुरातात्विक
वस्तु फेला परे सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने अवस्था आउने भएकोले फ्लाई ओभर बनाउने
निर्णय भएको हो ।