तीन दलविच सहमति जुटेन
Admin / 2014-08-29 05:50:14
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
उच्चस्तरीय राजनीतिक समिती गठन लगायतका विषयमा तीन दलबीच सहमति जुट्न सकेन ।
प्रमुख विपक्षी एकीकृत नेकपा माओवादी सहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको आजको बैठक चल्न नदिने भएका छन् ।
कांग्रेस एमालेसहितका सत्तारुढ दलहरुसँगको वार्ता सकारात्मक नभएपछि संसद बैठक अवरुद्ध पार्ने तयारी भइरहेको एमाओवादी स्रोतले जनाएको छ ।
केहीबेरअघि मात्र एमाले अध्यक्ष केपी ओलीको निवासमा तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।
कृष्णप्रसाद सिटौंला, केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता असफल भएपछि आज दिउँसो १ बजेबाट बस्ने भनिएको संसद बैठक चल्न नदिने निधो भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, बजेटमा विपक्षीका माग सम्बोधन र चारबुँदे सहमति लगायतका विषयमा सत्तारुढ दल सहमत नभएसम्म सदन चल्न नदिने एमाओवादीले जनाएको छ ।
संसदमा सभामुख सुवास नेम्वाङको पहलमा दलका प्रमुख सचेतक सहितका नेताहरुसँग सदन सुचारु गर्ने पहल भए पनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: 2014-08-29 05:50:14
प्रतिक्रिया: