एउटै कुखुराको मुल्य २५ सय डलर
Admin / 2014-08-29 05:35:11
तपाई हामी सबैलाई अचम्मीत लाग्न सक्छ की कालो कुखुरा र कुखरीको रङ त कालो हुन्छ नै तर यीनिहरुको मासु पनि पुरै कालो रङको पनि हुन्छ ।
हाम्रो नेपालि समाजमा तपाई सबैलाई थाहा छ भाले जुन रंगका भएपनि आखिरमा त्यसको मासु रातो हुन्छ ।
नेपाली समाजमा रातो भाले भन्ने चलन पनि छ जसको मासु पनि रातै हुने गर्दछ ।्
संसारमा अहिले पूर्णरुपमा कालो रंगको कुखरा भेटिएको छ जसको रङ पनि कालो अनि त्यसको मासु पनि पुर्ण रुपमै कालो छ ।
यसको नाम हो एयम सिमैनी । एक्सपर्टहरु यो विशेष प्रकारको कुखुरालाई रेयर मान्छन् । सुरुमा यो इन्डोनेसियामा पाइएको थियो । सन् १९९८ मा यसप्रकारको ब्रिरडलाई युरोपको डच ब्रिडर्सले परिचय गराए । विल्कुल अलग्गै पहिचानका कारण यो प्रजातिको कुखुराको माग उच्च छ । सन् २०१३ मा फ्लोरिडामा एक एयम सिमैनी करिब २५ सय डलरका विक्री भएको थियो ।
एयम सिमैनीको पुरै शरीर कालो छ । यहाँसम्म कि यसको खुट्टा, चुच्चो, नेल्स, छाला, हड्डी र शरीरको अन्य अंग पनि कालै छ । त्यति मात्र होइन, यो कुखुराको बोन म्यारो पनि कालै छ । यद्यपी यसको रगत भने कालो नभएर रातै छ । तैपनि त्यसको रंग पनि गहिरो छ । यसको पोथीले क्रीम कलरको अण्डा दिने गर्दछ ।
संसारमा आफैमा अनौठो एयम सिमैनी रेयर वर्ड हो । इन्डोनेसियामा एयमको अर्थ कुखुरा र सिमैनीको अर्थ कालो हुन्छ । एयमलाई कालो रंग अनुवंशिकी प्राप्त छ । जसलाई विज्ञानको भाषामा फिब्रोमैलानोसिस भन्ने गरिन्छ । यही फिब्रोमैलानोसिस जेनेटिक एसियामा ८०० वर्र्ष पहिला फेला परेको थियो ।
एयमको मासुको माग निकै उच्च छ । किनभने यसको मासुमा आइरनको अधिक मात्रा पाइने गर्दछ । विशेषज्ञहरुका अनुसार यसको मासु गर्भवती महिलाका लागि निकै उपयुक्त हुने गर्दछ ।
प्रकाशित मिति: 2014-08-29 05:35:11
प्रतिक्रिया: