नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
प्रमुख दलहरुबीच विवाद झन बढेको छ ।
दलहरुबीच उच्चस्तरीय राजनीतिक सयन्त्र गठनका विषयमा विवाद झन बढेको हो ।
सहमति हुन नसक्दा संसद बैठक पनि अनिश्चित बनेको छ ।
एकीकृत नेकपा माओवादी नेतृत्वको संघिय गणतान्त्रिक मोर्चाले उच्चस्चरीय राजनीतिक सयन्त्रको गठन सहित चारबुँदे सहमति कार्यान्वयन नभए आज बस्ने ब्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने बताएको छ ।
संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । एकीकृत माओवादीले अडान नछाडेपछि सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमाले संयन्त्र गठनको नयाँ विकल्प खोज्न थालेका छन् । उनीहरुले एमाओवादी सहित तीनदलको सहभागितामा संयन्त्र बनाउनुपर्ने नयाँ प्रस्ताव गरेका छन् ।
सयन्त्र ठूलो बनाउँदा सरकार सञ्चालन र संविधान निर्माणमा झन बाधा पुग्ने उनीहरुको तर्क छ । तर एमाओवादीले मधेसी दलको साथ छोड्न मानेको छैन । आज प्रमुख दलहरुबीच त्यसमा थप छलफल हुनेछ ।