जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अख्तियारको छापा
Admin / 2014-08-28 05:34:00
नेपाल ब्युरो– भदौ १२, काठमाडौ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियारको टोलीले आज दिउँसो प्रशासनमा छापा मारेको हो ।
टोलीले कार्यालयका नायव सुब्बा छविराम काफ्लेलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
मुद्दा फाँटमा कार्यरत ना सु काफ्लेले हातहतियार खरखजनामा मुद्दा खेपिरहेका सविन ठकुराठीबाट लिएको घुस कार्यकक्षकै दराजमा राखेको अवस्थामा अख्तियारको टोलीले बरामद गरेको हो । ठकुराठीको मुद्दा जिल्ला प्रशासनमा विचाराधीन अवस्थामा रहेको छ । काफ्लेको कार्यकक्ष प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष नजिकै तलामा छ ।
अख्तियारले घुससहित पक्राउ गरेपछि नायव सुब्बा काफ्लेले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गरेका छन् ।
प्रकाशित मिति: 2014-08-28 05:34:00
प्रतिक्रिया: