चितवनको सडक फराकिलो हुने भयो
Admin / 2014-08-28 03:52:23
नेपाल ब्युरो– भदौ १२, काठमाडौ ।
चितवनको सडक खण्ड अब फराकिलो हुने भएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फराकिलो हुने भएको हो ।
दुई वर्षभित्रमा सडकलाई ५ मिटरबाट बढाएर १० मिटर चौडा बनाइदैछ ।
अहिले सडक विस्तार अन्तरर्गत मुअब्जा दिने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
उक्त सडक क्षेत्र भित्र कविलास, दाहाखानी, चण्डीभञ्ज्याङ र दारेचोक गाउं विकास समिति पर्दछन् । सो क्षेत्रमा रहेका कुल ४६ घरलाई मुअब्जा उपलब्ध गराउनुपर्ने बताइएको छ ।
कविलास गाविसका २८, चण्डीभञ्ज्याङ गाविसका १४, दाहाखानी गाविसका २ र दारेचोक गाविसका २ घर भत्काउनुपर्ने देखिएको डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
आयोजना अन्तर्गत आँपटारी देखि झण्डै १७ किमि मुग्लिनतर्फ १५ मिटर सडक क्षेत्र र त्यसभन्दा अगाडि मुग्लिन सम्म १३ किमि सडक विस्तार गरिने भएको छ । सडक साँघुरो भएकै कारण त्यस क्षेत्रमा धेरै दुर्घटना हुने गरेका छन्् । त्यस सडकबाट दैनिक हजारौंको संख्यामा सवारी आउने जाने गर्छन् ।
प्रकाशित मिति: 2014-08-28 03:52:23
प्रतिक्रिया: