एन्फा कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
Admin / 2014-08-28 02:54:08
नेपाल ब्युरो– भदौ १२, काठमाडौ ।एन्फा कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
भदौ १७ गतेबाट सुरु हुने एन्फा कप फुटबल प्रतियोगिता दशरथ रंगशालामा हुन लागेको हो ।
सो प्रतियोगीतामा ८ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताका लागि मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लब एउटै समूहमा परेका छन ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायके आज नेपाल आउँदै छन् । युवा तथा खेलकुद मन्त्रालयले नेपाली क्रिकेट टीम सम्हाल्न गरेको विशेष आग्रह स्वीकार्दै दासानायके नेपाल फर्कन लागेका हुन् ।
टि–२० विश्वकप पछि नायकेकोको सम्झौता सकिएको थियो । नेपाल क्रिकेट संघ क्यानले उनको सम्झौता १ वर्ष थप्ने बताए पनि तीन महिना मात्र थपिएको थियो ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नायके नआए क्रिकेट नखेल्ने बताएका थिए । खेलाडीहरुको दवाव पछि सरकारले नै तलव भत्ता व्यहोर्ने गरी उनलाई नेपाल बोलाईएको हो ।
श्रीलंकन मुलका क्यानेडियन नायकेले नेपाली क्रिकेटलाई विश्वकप सम्म डो¥याएका थिए । तीन महिनापछि पुनः नेपाल फर्कन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।
प्रकाशित मिति: 2014-08-28 02:54:08
प्रतिक्रिया: