११ भदौ,
काठमाडौं
। म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी विंगर एन्जल डि मारियालाई
क्लबमा अनुवन्धन गरेको छ ।डि मारियाले पाँच बर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उनले शनिबार बार्नेलीविरुद्ध प्रिमियर लिगमा डेब्यू गर्नेछन् ।
२६ वर्षका
डि मारिया ब्रिटिस ट्रान्सफरको कीर्तिमानी रकम ५९.७ मिलियन पाउण्डमा स्पेनिस जाइन्ट
रियल मड्रिडबाट वल्र्ड ट्राफर्ड आएका हुन् ।
म्यानचेष्टर
युनाइटेडका प्रशिक्षक लुइस भानगालले डि मारिया विश्वस्तरको खेलाडी भएको बताए । उनी
आफ्नो टोलीको महत्वपूर्ण सदस्य हुने भान गालको भनाइ छ ।डि मारियाले भने भानगाल शानदार
कोच भएको र उनको भिजनबाट आफू प्रभावित रहेको बताए ।
गत
सिजन रियलले च्याम्पियन्स लिग जित्दा डि मारियाले महत्वपुर्ण भुमिका खेलेका थिए
भने ब्राजिल बिश्वकपको टप १० खेलाडीमा पर्न सफल भएका थिए।कमजोर प्रदर्शन गरिरहेको
म्यानचेस्टरले डि मारियाको आगमानसंगै सुधार आउने अपेक्षा गरिएको छ।