जिलविद्युतमा राजनीति गर्नुहुन्न भन्नेमा निजी क्षेत्रको पनि आवाज आउनुपर्छ : महत
Admin / 2014-08-27 08:40:12
नेपाल ब्युरो– भदौ ११, काठमाडौ ।
अर्थमन्त्री डाक्टर रामशरण महतले जलविद्युतमा राजनीति नगर्ने विषयमा निजी क्षेत्रको पनि सामूहिक आवाज आउनुपर्ने बताउनुभएको छ ।
सरकार लोडसेडिङ न्यूनीकरण र औद्योगिक विकासका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि निजी क्षेत्रले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताउनुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार सचिवालयमा गरेको बजेट पश्चातको अन्तरक्रिया सम्बोधन गर्ने क्रममा अर्थमन्त्री महतले मुलुुकलाई चाँडोभन्दा चाँडो लोडसेडिङबाट मुक्त गर्न निजी क्षेत्रलाई पनि ओपिनियन मेकिङमा सकारात्मक भूमिका खेल्न आह्वान गर्नुभयो ।
भारतसँग उर्जा व्यापार सम्झौता गरिनुपर्ने निजी क्षेत्रको मागलाई सम्बोधन गर्ने क्रममा उहाँले उक्त आग्रह गर्नुभएको हो ।
बजेटमा साना उद्योगी–व्यवसायीलाई नसमेटिएको गुनासो गरिएकोमा उहाँले कृषि, बन्द अवस्थामा रहेका तयारी पोसाक उद्योगलाई उठाउन विशेष प्रयास गरिएको बताउनुभयो । निर्माण सामग्रीको समस्या केही स्वाभाविक र केही कृत्रिम भएको भन्दै उहाँले सरकारी मापदण्ड मान्दै मान्दैनौ भन्ने व्यवसायीको रवैया ठीक नभएको पनि उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: 2014-08-27 08:40:12
प्रतिक्रिया: